३३ औँ स्थापना दिवसको अबसरमा नेपाल निजामती कर्मचारी संगठनद्वारा अक्षयकोष स्थापना

| २०८० बैशाख ७ गते १४: ५१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
बैशाख ७ - नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले आफ्नो ३३ औं स्थापना दिवसको अबसरमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा न .२ स्थित श्री भगवती माध्यमिक बिध्यालय शंखेटारीमा अक्षयकोष स्थापना गरेको छ,बिहिवार संगठनले संगठनका केन्द्रिय सदस्य , जिल्ला अध्यक्ष ,जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु  बिध्यालयका प्रधानाध्यापक तथा शिक्षक विद्यार्थी एबम  संचारकर्मीहरुका बीच बिध्यालयका प्रधानध्यापक धुर्ब बहादुर केसी लाई संगठनका जिल्ला अध्यक्ष गणेश भन्डारीले  रु.३०१०१ ( तीस हजार एकसय एक ) रुपैयाको चेक हस्तान्तरण गरेका हुन  सोही कार्यक्रमका कर्मचारीहरुको साझा संगठन आधिकारिक ट्रेड युनियन अर्घाखाँची जिल्लाका उपाध्यक्ष हरि डुम्रेले आफ्नी स्व. आमा यमकला डुम्रेको सम्झनामा रु.२०००० ( बिसहजार ) माथी उल्लेखित अक्षयकोषमा एक मुस्ट जम्मा हुने गरि सोघोषण गरेका थिए उक्त अक्षयकोष जम्मा रु.५०१०१ भएको छ उक्त अक्षयकोष स्थापना गरिदिएकोमा संगठन लाई धन्यवाद दिदै बिध्यालयका प्रधानाध्यापक केसीले यस् अक्षयकोषको रकम बाट आफ्ना बिध्यालयमा अध्यानरत विद्यार्थीहरुको वृद्धिबिकाशमा लगाइने प्रतिबद्धता ब्याक्त गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले आफ्नो ३३ औं स्थापना दिवस

बिध्यालयका प्रधानाध्यापक  ध्रुव बहादुर केसीको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिलिप केसि , आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि डुम्रे , पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम नारायण आचार्य , जिल्ला सहसचिव अनिल नेपाली , पत्रकार महासंघ केन्द्रिय रेडियो टेलिभिजन समन्वय समितिले का सदस्य तथा सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरे,   नेपाल टेलिभिजन अर्घाखाँची सम्बादाता तथा मालारानी एफएमका स्टेसन म्यानेजर नवीन केसी संगठनका पदाधिकारी सदस्यहरु बिध्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा अक्षयकोष स्थापना

कार्यक्रम संगठनका जिल्ला अध्यक्ष गणेश भन्डारिको अध्यक्षता कोषाअध्यक्ष विशाल महतको स्वागत तथा सचीव पशुपति खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्