तरुण दल र ने बि संघ भोली सन्धिखर्कमा भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने

| २०८० जेठ ४ गते १४: ४८ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची। तरुण दल र ने बि संघ भोली अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने  भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा आफ्नै गृह जिल्लाका निर्वाचित सांसद प्रकरणका नाईके टोपबहादुर रायमाझी साथै अन्य पार्टीका नेताहरूको पनि सङलगनता रहेको कुरा बाहिर आइसकेकाले भ्रष्टाचार गर्ने जोकोहि लाई पनि कार्वाहीको माग गर्दै भोलि शुक्रबार बिहान १०:३०  बजे आन्दोलनको कार्यक्रम तय गरिएको ने बि संघ का एक जना नेता  जानकारी दिनु भयो ।

साथै नेपाली काङ्ग्रेसका पार्टी र शुभेच्छुक सस्थाका सम्पुर्ण नेता कार्यक्रता लाई उपस्थित भइकार्यक्रममा सहयोग गर्न आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्