अर्घाखाँचीमा ट्याक्सी व्यवसायी आन्दोलित :माग पुरा नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने

| २०८० जेठ ९ गते १७: १८ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई ,सन्धिखर्क। युवा स्वरोजगारको रूपमा सेवा गर्दै आएका ट्याक्सीका धनी र चालकहरुले रातो नम्बर प्लेटवाला ट्याक्सीले सवारी बोक्दा कालोप्लेटवाला ट्याक्सी व्यवसायीहरु मारमा परेको भन्दै आन्दोलित भएका हुन् । 

 उदेश्य बमोजिम गाडी सन्चालन गर्ने गराउने व्यवस्था मिलाउन एक हप्ताको समय दिएर जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाउदापनी आफुहरुको माग तथा गुनासो सुनुवाइ नभएको भन्दै आज उनिहरुले सन्धिखर्क शान्ति बगैंचामा सडक जाम र कोणसभा गरि प्रदर्शन गरेका हुन् ।

यथाशीघ्र माग पुरा नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने उनिहरुको उर्दी छ ।

प्रतिक्रिया दिनुहोस्