उद्योग व्यापार संघ अर्घाखाँचीद्वारा प्रमुख जिल्ला अधिकारी ढकाल लाई स्वागत

| २०८० जेठ १२ गते २१: ४३ मा प्रकाशित

१२ जेष्ठ 
अर्घाखाँची- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट उद्योग व्यापार संघ अर्घाखाँची ले आज एक कार्यक्रम आयाेजना गरि भर्खर मात्र सरुवा भई जिल्ला मा प्रमुख जिल्ला अधिकारीकाे रुपमा जिम्मेवारी सम्हाल्नु भएका कमलराज ढकाल लाई आज स्वागत तथा अभिनन्दन गरेकाे छ । 

स्वागत तथा अभिनन्दन कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष तारा वहादुर सुनार र संस्थाका बरिस्ठ उपाध्यक्ष रामहरि भुसालले जिल्लामा बाट तिव्र रुपमा वाहिरी जिल्लामा बसाइँसराइ का कारण व्यवसायीहरु धराप रहेकाे, जिल्लामा पसल तथा घरमा हुने चाेरि, युवाहरुले लागुपदार्थ सेवन तथा जिल्लाकाे शान्तिसुरक्षा लगायतका विषयहरु प्र.जि.अ ढकाल समक्ष जानकारी गराएका थिय । 

साथै प्र.जि.अ ढकाल ले आफ्नाे क्षमता र दक्षता ले भ्याए सम्म अर्घाखाँची जिल्लामा शान्तिसुरक्षा, बजार अनुगमन स्वास्थ्य शिक्षा लगायतका विषयमा गम्भीरता पुर्वक तिनै तहका सरकार संग समन्वय गरि अगाडि बढ्ने बताउनु भएकाे थियाे । साथै उहाले लागुपदार्थ सेवन देशकै समस्या भएकाे र हाम्राे जिल्लामा पनि सुधारकेन्द्र स्थापना गरि केही मात्रामा कम गराउन सक्ने बताउनु भएकाे थियाे । 

स्वागत कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य तथा सन्धिखर्क नगरपालिका वडा नं १० का वडा अध्यक्ष माेहन सिंह ठकुरी, संस्थाका जिल्ला अध्यक्ष तारा वहादुर सुनार,वरिष्ठ उपाध्यक्ष रामहरि भुसाल,उपाध्यक्ष महेन्द्र भुसाल,महासचिव रामु के.सि , सदस्य श्याम थापा र पत्रकार वसन्त वि.काे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्