अर्घाखाँची जिल्ला मा विदेशिनुकाे सङ्ख्या पुग्याे ५५ हजार भन्दा बढि

| २०८१ असार ६ गते २३: ०६ मा प्रकाशित

पूजा केसि,सन्धीखर्क।अर्घाखाँची बाट आर्थिक वर्ष २०६४/६५ देखि आर्थिक वर्ष २०८०/२०८१ चैत्र सम्ममा श्रम स्विकृति लिएर विदेश जानेकाे सङ्ख्या ५५,२१३ पुगेको छ जसमध्ये  महिलाको सङ्ख्या ९,५२६ रहेको सुरक्षीत आप्रवास (सामि) लुम्बिनी प्रदेश कार्यालय अधिकृत जिया उल हक ले जानकारी दिएका छन।

सन्धीखर्कमा भएको  वैदेशिक राेजगारिका सवालमा स्थानीय तहका जनप्रतिनिधि तथा सराेकारवाला सङगकाे अन्तरक्रिया कार्यक्रममा  १६ वर्ष भित्र झन्डै ५६ हजार विदेशिएकाे जनाएको छ! कार्यक्रममा पछिल्लो ३ वर्षमा वैदेशिक राेजगारमा गएका मध्ये दुर्घटनामा परेर ४७ जनाकाे मृत्युु भएको छ भने अङ्गभङ्ग हुनेकाे सङ्ख्या ४८ रहेको पनि जानकारी दियका छन।

सन्धिखर्क नगरपालिका ले जिल्ला का ६ ओटै स्थानीय तहलाई समावेश हुने गरि जिल्ला प्रशासन कार्यालयमा प्रदेश सरकारकाे समन्वय मा वैदिशिक राेजगारमा जानेहरुका लागी आप्रवासीय स्राेत केन्द्र सन्चालनमा ल्याएकाे छ।पछिल्लो १ वर्षमा  २८,५५ जनाले परामर्श  सेवा लिएका छन भने सेवा निशुल्क सन्चालन गरिएको  सन्धिखर्क प्रमुख कृष्ण प्रसाद श्रेष्ठले  जानकारी दिएका छन।

अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारी ठगीका १० ओटा उजुरी परेका छन् । जसमध्ये चार ओटा उजुरी छिनोफानो भएका छन् भने ६ ओटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरुबाट १० लाख ४६ हजार रुपैंया पिडितलाई फिर्ता गराईएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्