शिव खनालको तिज कोशेली 'रातो साडि'ले सांगीतिक क्षेत्रमा तहल्का (भिडियो सहित)

| २०७८ असार १६ गते १८: ०३ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुका लोकदोहरी गायक / गायिका शिव खनाल र बर्षा लम्सालको तिज गित "रातो साडी" ले  सांगीतिक क्षेत्रमा तहल्का नै मच्चाएको छ । 

२०७८ सालको हरितालिका तिजको पहिलो तिज गित युटुबमा सार्वजनिक गरेको दुई हप्तामा २ लाख दर्शकको हेराइ रहेको छ । तिज सुरुनै नहुदै सार्बजनिक गरिएको "रातो साडी" असारको पहिलो दिन सार्वजनिक गरिएको थियो । 

२०७८ सालको पहिलो तिज कोशेलिको रुपमा शिव खनाल र बर्षा लम्सालको जोडिले सार्वजनिक गरेको उक्त गित २ हप्तामै दुई लाख दर्शकमाझ पुगिसकेको छ ।  २०७८ सालको हरितालिका तिजलाइ लक्षित गर्दै स्वभिमान क्रीएसनको प्रस्तुतिमा गायक शिव खनाल र बर्षा लम्सालले असारको पहिलो दिन (असार संक्रान्ती) मै गित सार्वजनिक भएको हो । लोक दोहरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुका सह-सचिब समेत रहेका शिव खनाल र प्रतिष्ठानकै सह-कोषाध्यक्ष बर्षा लम्साल कपिलवस्तुका लोकप्रिय गायक/गायिका समेत हुन । अहिले शिव खनाल र बर्षा लम्सालको जोडिको प्रस्तुतिलाई दर्शक हरुले मन पराउन थालेका छन ।  

 गितलाइ स्वभिमान क्रीएसनको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको थियो । शिव खनाल र बर्षा लम्सालको आवजमा बनेको तिज कोशेली "रातो साडी" लाई बिष्णु भट्टराईले निर्देशन गरेका छन । शिव खनालको शब्द र बिधान कार्किको लयमा रहेको उक्त गित रहेको उक्त तिज गितमा पार्वती राई र राजु महोत्राको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्