अर्घाखाँची का लोकप्रिय कलाकार अभिनव चौहानले ल्याए आफ्नै शब्द सिर्जना तथा निर्देशनमा "भरमा पर्दिन" गीति एल्बम (भिडियो सहित)

| २०७८ सावन १८ गते १५: १७ मा प्रकाशित

माधव पौडेल ,अर्घाखाँची ।पछिल्लो समयमा बजार मा गीत संगीत हरु आउने क्रम जारी छ ।कतिपय गीत हरु समाजलाई नकारात्मक सन्देश दिने खालका भनौं छाडा खालका निस्किरहेका छन् भने कतिपय गीत हरु यस्ता निस्किएका छन् की जुन गीत ले समाज को वर्तमान परिस्थिति लाई हुबहु काल्पनिक शब्द मा परिणत गरी गीत को माध्यम बाट प्रस्तुत गर्न खोजिएका हुन्छन् ।

जुन गीत ले समाजलाई सकारात्मक दिसा तर्फ हिँड्न  प्रेरित  गरिरहेका हुन्छन् जुन कुरा गीत को शब्द , लय मा भर पर्दछ । यस्तै शब्द लय उत्कृष्ठ भएको भरमा पर्दिन बोल को गीत बजार मा आएको छ ।
 
 अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहानले विभिन्न समयमा गीत संगीतहरु प्रस्तुत गर्दै आइरहेका छन् । ।ऊनी यस अघि संचारकर्मीको रुपमा विभिन्न रेडियोहरुमा आवद्ध थिए।अहिलेको लागि त्यो यात्रालाई रोकेर गीत संगीतको यात्रामा निरन्तर सक्रिय भएको देख्न सकिन्छ ।

अभिनब चौहान यो नाम अहिले गीत संगीत   छेत्र को चर्चित नाम पनि हो।उनका गीत का सब्दमा मर्म भेटिने भएकोले पनि उनका गीत हरु उत्कृष्ट  हुने गर्दछ्न ।  त्यसैगरी भर्खरै मात्र उनको शब्द सिर्जना तथा निर्देशनमा "भरमा पर्दिन" बोलको गीत सार्वजनिक भएको छ।कृष्ण लामिछानेको लय, एरेन्ज तथा स्वर, सन्तोष चौहानको छायांकन र सम्पादन, मनिष क्षेत्री , मुस्कान खड्का, सुरज ढकाल, मिलन भाट लगायतको अभिनयमा तयार भएको छ।

यो गीतमा विशेषगरी एकपटक कसैलाई चोखो माया गरेर छुट्न परेपछि फेरि अरु कसैको विश्वास नभएको।जसलाई माया गरेको हो उसलाई नपाएपछि जिन्दगीभर कसैको विश्वास नगर्ने कसैलाई माया नगर्ने जस्तो खालको भाव बोकेको छ।यो गीत हेरेपछि कसैलाई पनि झुटो माया नगर्ने तथा कसैलाई धोका दिनु हुँदैन भन्ने खालको विषयवस्तुलाई समेटिएको पाईन्छ।

नेपाली आँगनको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको गीत हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्