जापानबाट रक्तिम कलाकारहरुको संदेश "फर्कौं अब स्वदेशमा हामी" अडियो गित सार्वजनिक

| २०७८ असोज २१ गते १२: ५० मा प्रकाशित

रोजगारीको लागि विदेशमा कार्यरत श्रमिक नेपालीलाई स्वदेश फर्कन आह्वान गर्दै जापानमा रहेका रक्तिमका कलाकारहरुले नयाँ गीत सार्वजनिक गरेका छन् । रक्तिम सांस्कृतिक अभियान, जापानका कलाकारहरुको शब्द तथा स्वर रहेको गीतमा विदेशिएका नेपालीलाई स्वदेशमै फर्कन र केही गर्न आह्वान गरिएको छ।

फर्कौं अब स्वदेशमा हामी
के हुन्छ र विदेशमा बसेर
गरिब दुःखी ए सर्वहारा
उठ अब कम्मरै कसेर…

गीतको शब्द लिला परियारले लेख्नु भएको छ भने संगीत नविन बस्याले गर्नु भएको छ । गीतमा नविन बस्याल र पम्फा बञ्जाडेको स्वर रहेको छ । यस्तै, संगीत संयोजन हेमराज आश्रमको रहेको छ । सो गीतका गायक तथा संगितकार बस्यालको युटुब च्यानल ‘नविन बस्याल युटुब’ बाट सार्वजनिक गरिएको छ ।

दसैँ तिहार नजिकिँदै गर्दा सार्वजानिक भएको गीतको कथा परदेशिएका नेपालीहरुको कथामा आधारित छ । गीतले नेपालीलाई स्वदेश फर्कन आह्वान गर्दै भनेको छ,

देशभरी कालो बादल असत्यको राज
कहिले होला गरीबको फेरिने समाज
फर्कौं अब सिमाना तरेर
परदेशमा न आउने गरेर….

गीतको रेकर्डिङ काठमाडौं बबरमहल स्थित प्रिज्मा डिजिटल स्टुडियो र जापानको सेन्दाई शहरको हारानामाची स्थित ‘फ्युनेल’ स्टूडियोमा भएको जानकारी गायक नविन बस्यालले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्