गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको अरुणै घुमेर" सार्बजनिक(भिडियो सहित)

| २०७८ पौष ५ गते १८: ४८ मा प्रकाशित

चर्चित गायक राजु आङदेम्बे र चर्चित गायीका सुनिता थेगिम लिम्बुको आवाजमा  अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्बजनिक भएको छ। 

उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको छ भने शब्द: कमान धोज लावतीको रहेको छ गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो त्यस्तै  संगीत संयोजन: पदम रजन मगरले गरेका हुन भने सेवा रेकर्डिङ अनामनगर काठमाडौ र  हिमालयन टोन्स हङकङ स्टुडियोमा उक्त लोक भाका  रेकर्ड सम्पन्न भएको हो। 

काठमाडौं तथा हङकङमा छाँयान्कन भएको गीतमा गायक गायिका द्वयकै अभिनय देख्न सकिन्छ।

माया प्रेमका शब्दले भरिएको सुमधुर गीतलाइ सिमिक्लुङ दर्पण  युत्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। बिगत २५ बर्ष अघि देखी परदेश हङकङ मा रहेर पनि पुर्वेली लोक गीत संगीतको जगेर्ना गर्न निरन्तर लागी पर्दै सयौं गीतमा आवाज शब्द अनि संगीत  भरी सकेका गायक राजु आङदेम्बे साथै सयौं बढी  गीतमा आवाज भरि सकेकि गायिका सुनिता थेगिमका थुप्रै गीत सिमिक्लुङ दर्पण युट्युब च्यानल मार्फत सुन्न अनि हेर्न सकिने छ। 

प्रतिक्रिया दिनुहोस्