अर्घाखाँचीकी चेली चर्चित लोकदोहोरि गायिका सुनितामि परियारको मौलिक तिजगित "पिया राजै"बजारमा सार्वजनिक (भिडियो सहित)

| २०७९ सावन ९ गते १६: ४८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालेका वडा नम्बर २ कुर बेहोरे घर भई लामो समय देखि कलाकारितामा लागेकी चर्चित लोकदोहोरी गायिका सुनितामि परियारको नयाँ तिज गित बजारमा सार्बजनिक भएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि एउटा मौलिक तिज गित लिएर आएकी छिन ।

तिज गित 'पिया राजै'मा सुनितामिको स्वर सगै संगीत पनि आफ्नै रहेको छ भने तेज सुनामको शब्द र यस्को निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले तयार पारेका हुन ।

यस तिज गितको भिडियोमा अञ्जली अधिकारी, सुनितामी परियार, र तेज सुनामको अभिनय तथा नृत्य रहेको छ ।नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोको संम्पादन भने प्रविन भट्टले गरेका हुन ।

यस गितको राम्रो सफलता हुने देखे पछि गायिका सुनितामी उत्साहित बनेकी छिन । गित सार्बजनिक भएको दुई चार दिनमै सकारात्मक प्रतिक्रिया आइरहेको हुदा उनी खुसी सगै आगामी दिनमा पनि समाजमा र परिवारले सगै बसेर हेर्न मिल्ने तिज गित हरु ल्याउने पताउछिन ।यस तिजगित लाई आफ्नै  युट्युब च्यानल बाट सार्बजनिक गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्