अर्घाखाँचीका गायक सुरज कुमार बि.क र बसन्ता खनालको स्वरमा रहेको "साथी संगी" बोलको तीज गित सार्वजनिक (भिडियो सहित)

| २०७९ भदौ १ गते ०३: ०२ मा प्रकाशित

गोविन्द आचार्य। तीज पर्व संघारमा रहेकोले आजभोली जताततै नेपाली नारिहरु एकआपसमा भेला भई नाचगानको कार्यक्रमलाई तिब्रता दिन थालेका छन् ।

तीजलाई लक्षित गर्दै तीज विशेष गीत आउने क्रम पनि बढ्दो छ । यसै बिच सुरज कुमार बि.क र बसन्ता खनालको स्वरमा रहेको‘ साथी संगी’ बोलको तीज गीत सार्वजनिक भएको छ । मालारानी म्युजिक प्रा.ली (महित मुनाल सिङ्गर) युटुव च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

 राहुल पुनको शब्द रहेको गीतमा बसन्ता खनाल साथै सुरज कुमार बि.क को स्वर सुन्न सकिन्छ । गीतमा मोहित मुनालको संगीत र एरेञ्ज कमल सौरागको रहेको छ ।

बिष्णु भट्टराईको निर्देशन रहेको तीज गीतको भिडियोमा पोहोर परार कोभिड १९ को कारणले दिदि बहीनी तीजमा खुसिको साथमा नाच्न र रमाउन नपाएकोमा यस पालि तीजमा छम छम नाच्ने कथा बुनिएको छ । गीतको भिडियोमा सन्तोष, बाबुराम, गीता, श्रृष्टी लगाएत कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

भिडियो -

प्रतिक्रिया दिनुहोस्