पुष्कल शर्मा र सुनिता बुढा क्षेत्रीको नयाँ गीत एक्लो पिपलु सार्वजनिक(भिडियो सहित)

| २०८० असोज ८ गते १७: १७ मा प्रकाशित

लोक दोहोरी क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउन सफल कलाकार सर्जक लोक गायक पुस्कल शर्मा र गायिका सुनिता बुढा क्षेत्रीको नयाँ गीत एक्लो पिपलु सार्वजनिक भएको छ ।

यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला गायक शर्मा र गायिका क्षेत्रीको आवाजमा नयाँ गीत एक्लो पिपलु सार्वजनिक भएको हो ।

विश्व राहुल क्षेत्री‘एक्लो पिपलु’ बोलको गीतमा गायक शर्मा र गायिका बुढा क्षेत्रीको आवाज रहेको छ। जसमा चर्चित मोडल  सन्तोष शर्मा र मोडल सारिका केसिले साथ दिएका छन भने 
गीतमा लय विश्व राहुल क्षेत्रि र शब्द  विश्व  राहुल क्षेत्रि र पदम क्षेत्रि कै छ । बिष्नु भटराईले निर्देशन गरेको गीतको छायांकन पनि भट्टराई आफैले गरेका छन् ।

स्टेज कार्यक्रममा निकै बिजि मानिने  गायक शर्मा र गायिका बुढा क्षेत्रीको दर्जनौ गितले निकै चर्चा कमाउने गरेका छन। मोडल सन्तोष शर्मा र सारिका केसिले दर्जनौ हिट गितमा छुट्टै पहिचान कमाउन सफल भएका छन।

गीतको भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्