फोटोग्राफर मोडल तथा कलाकार मुकु सुवेदीको नयाँ लोक गीत युट्युब ट्रेन्डिङमा (भिडियो सहित)

| २०८१ असार ४ गते १६: २१ मा प्रकाशित

सुजन न्यौपाने। गुल्मीमा जन्मी बुटवललाई कर्मथलो बनाउदै आयका फोटोग्राफर मोडल तथा कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालमा निकैनै भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत मुकु सुवेदी च्यानलबाट सार्वजनिक भएको हो ।

यसअघि पनि दर्जन भन्दा बडि  चर्चित गीतहरु बजारमा ल्याएका मुकुले विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् ।कृष्ण बस्यालको लय तथा नन्दु परियारको संगीत रहेको यो गीतको संगीत निर्माण कृष्ण विके ‘भान्जा’ले गरेका छन ,गायक अर्जुन सुवेदी, कल्पना विष्ट, रचना न्यौपाने, मुकु सुवेदी र सुष्मा सापकोटाले सम्युक्त रुपमा यो एल्बम बजारमा ल्याएका हुन् ।

मुकु सुवेदी यक कुशल फोटोग्राफर पनि हुन उनले शुभ स्टुडियो संचालन गर्दै आयका छन  मिहेनेति फोटोग्राफर मुकु मोडलीङ छेत्र मा पनि जम्दै छन मुकु चिटिक्क जति राम्रा देखिन्छन त्यति नै राम्रो उनको मोडलिङ रहदै आयको छ ।मुकु सुवेदीको यूटुव च्यानलमा ‘डालीमा बसेछ चरी गीत को भिडियो सार्वजनिक भएको छ ।

हेर्नुहोस नयाँ भिडियो-

प्रतिक्रिया दिनुहोस्