शितगंगाका युवा गायक राजन अधिकारीले ल्याए "आकाश जुन धर्तिमा"

| २०८१ असार २१ गते २१: ५३ मा प्रकाशित

झनक केसि,अर्घाखाँची। 
असार २१ गते सुक्रबार - शितगंगा नगरपालिका वाड न-३ ठाडामा जन्मेर पढाईको सिलसिलामा धेरै समय बुटवलमै बसेर आफ्नो पढाई संगै गायक  बन्ने सपना बोकेर काठमान्डौ पुगेपछि राजन अधिकारीले विभिन्न महोत्सव स्टेज कार्यक्रममा आफुलाई युवा गायक तथा भाईरल राजन भनेर चिनाउन सफल भएका छन।

 अधिकारी पछिल्लो समय इन्द्रेणीमा पुगेर स्वर्गीय झलक मान गन्दर्भको गित"आवैले सोध्निन" अधिकारिले गाएर गित निकै भाईरल भएको थियो। तेस्तै अर्घाखाँची पर्यटन पर्बद्धनको जिङ्गलपनि देशमै चर्चामा आएको थियो। तेस्तै सुपा नरपानी पन्चेबाजाको अडियोपनि निकै भाईरल बनेको थियो। सर्जक प्रकाश सपुतका गित,शिव तान्डब जस्ता गित गायर आफ्नै युट्युव च्यानल तथा टिकटकमा पनि निकै भाईरल बनी सकेका छन। 

अधिकारीले सानै देखि गित गाउन रुचाउने र स्कुल जिवनमा पनि आफू भबिस्यमा कलाकार बनेर आफुलाई चिनाउन आत्मविश्वास राखेका छन। 

शुक्रबार बजारमा ल्याएको "आकाश जुन धर्तिमा" भर्खर बजारमा आएको छ राजन आफनै शब्द,सङ्गीत,अस्मिता अधिकारी,बाबुराम भट्टराई र राजन अधिकारीको आवाज,काजिश श्रेष्ठको निर्देशन, कोरियोग्राफीमा अस्मिक लम्साल र गरिमा शर्माको अभिनय सहित नयाँ गीत "आकाशको जुन धर्तीमा"आजबाट बजारमा सार्वजनिक भएको छ। गितलाई सबैले माया गरिदिनु होला भन्दै आग्रह गर्दै आफ्नो फेसबुक मार्फत गित सेयर गरेका छन।

प्रतिक्रिया दिनुहोस्