दिनहुँ बाहिरिने नेपाली देखें: नवीन बस्याल

| २०७८ माघ ८ गते १७: १० मा प्रकाशित

गजल  
देश छोडेर दिनहुँ बाहिरिने नेपाली देखें 
युवा बिनाको देश मैले पुरै खाली देखें 

रोजगारका कुरा गर्छ सरकार हर बर्ष 
तर देश छोड्नेको भिड यसपाली देखें 

छोरा छोरी परदेशमा दुःख गर्दै गर्दा 
यहाँ बा आमाको हातमा कोदाली देखें 

राष्ट्रको ढुकुटी खाएर सके सबै नेताले 
मन बल्छ हिजो विकेको महाकाली देखें 

बिदेशीने युवाहरुको घुइँचो छ एयरपोर्टमा 
तिनै युवा बिच्ने नेताको दलाली देखें 

स्वर्गद्वारी न.पा .२ प्युठान
हाल जापान

प्रतिक्रिया दिनुहोस्