आज २०७८ साल आषाढ १४ गते, साेमवार, २८ जुन २०२१ को राशिफल 

| २०७८ असार १४ गते ०१: २७ मा प्रकाशित

आज २०७८ साल आषाढ १४ गते, साेमवार, २८ जुन २०२१। आषाढ कृष्ण पक्ष चतुर्थी तिथि (१७ः४९ बजेदेखि पञ्चमी), धनिष्ठा नक्षत्र, चन्द्रराशि– मकर, १६ः५५ बजेदेखि कुम्भ।को राशिफल 

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

केही विवादास्पद कामले अलमल्याउन सक्छ। आफ्नैमा अवसरवादीहरू फेला पर्नेछन् र आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि प्रयत्न गर्दा बिस्तारै उपलब्धि पाइनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ।अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। साँझतिर आयस्रोत सबल हुनेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

सानोतिनो समस्याले अल्झाउनेछ र स्वास्थ्य पनि प्रतिकूल रहनेछ। आकस्मिक समस्याले धनसमेत खर्च गराउन सक्छ। कमजाेरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर केही सम्भावना देखिए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। काममा साेचेकाे प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। प्रतिस्पर्धामा कमजाेर भएकाे महसुस हुनेछ। आकस्मिक समस्या सुल्झाउन धन खर्चनुपर्ला। सोखले पनि फजुल खर्च बढाउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। काम बन्नेछ र व्यापारमा फाइदा हुनेछ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साँझतिर पहिलेकाे उल्झन समाप्त हुनेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

जिम्मेवारी प्राप्त भए पनि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। केही समय अरूका लागि उपयोग भइएला। परिवारजनको सहयोगले काम बनाउन भने सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साँझतिर केही अलमलमा परिएला । अध्ययन र व्यापारमा साेचेकाे प्रगति नहुन सक्छ।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले कम उपलब्धिमा चित्त बुझाउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन भने सकिनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा निकै सजग रहनुहोला। साँझतिर काम बिग्रने भयले पनि सताउन सक्छ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तार्किक क्षमता बढ्नेछ तर विवादास्पद काम गर्नुपर्ने परिस्थितिले आत्मविश्वास गुम्न सक्छ। आत्मसम्मानका लागि बाेली–व्यवहारमा सावधान रहनुहाेला। आकस्मिक खर्च पनि बढ्न सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले दिगाे काम बन्न सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर केही विवादास्पद काम समेत गर्नुपर्ने बाध्यता पर्न सक्छ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। आलाेचकहरू बढ्नेछन्। अध्ययन र व्यापारमा पनि केही उल्झन आउन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहाेला। घरमा बाेली र व्यवहारमा सजग रहनुहोला।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। काम पूरा नभए पनि पछिका लागि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया दिनुहोस्