आज २०७८ साल साउन १३ गते, बुधवार, २८ जुलाई २०२१ को राशिफल

| २०७८ सावन १३ गते ०१: ५४ मा प्रकाशित

आज - १३ साउन २०७८ बुधवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्नका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सेवा भाव बढ्ने योग छ । आज नयाँ कमको थालनी हुनेछ । शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  - ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया दिनुहोस्