आज २०७८ साल कार्तिक ८ गते, साेमवार, २५ अक्टाेबर २०२१ को राशिफल

| २०७८ कार्तिक ८ गते ००: ०२ मा प्रकाशित

आज २०७८ साल कार्तिक ८ गते, साेमवार, २५ अक्टाेबर २०२१। कार्तिक कृष्ण पक्ष, पञ्चमी तिथि। मृगशिरा नक्षत्र । चन्द्रराशि– वृष, १२ः५६ बजेदेखि मिथुन।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ। बाेलीका भरमा चिताएकाे काम बन्न सक्छ। साथीभाइ तथा सहयाेगीहरूकाे साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ। दिउँसाेदेखि प्रतिस्पर्धीहरू समेत सहयाेगीका रूपमा देखापर्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नयाँ काम गर्ने अवसर पनि जुट्न सक्छ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ काम थालनी गर्न बिहानीकाे समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन्।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। काममा पनि बाधा पर्न सक्छ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूका लागि धन र समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। तापनि केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ। ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन्।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। तर प्रयत्न गर्दा केही उपलब्धि हातपार्न सकिनेछ। मिहिनेतको फल हात पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। तर रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट पनि सजग रहनुहोला।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिगाे काममा जग बसाउने मौका छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिउँसाेदेखि भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। नियमित कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ।स्रोत - नेपाली पात्रो 

प्रतिक्रिया दिनुहोस्