आज २०७८ साल माघ २७ गते, बिहीवार, १० फेब्रुअरी २०२२ को राशिफल

| २०७८ माघ २७ गते ०५: २९ मा प्रकाशित

आज २०७८ साल माघ २७ गते, बिहीवार, १० फेब्रुअरी २०२२। माघ शुक्लपक्ष, नवमी तिथि, १२ः०७ बजेदेखि दशमी। राेहिणी नक्षत्र। चन्द्रराशि– वृष।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। तर घाेचपेच गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। लोकाचारका लागि फजुल खर्च हुन सक्छ। समस्या पर्दा साथ दिनेहरू थोरै हुनेछन्। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर जुट्नेछ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कीर्तिमानी काम गर्ने समय छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। नसोचेको समस्या देखिए पनि अप्ठ्याराे परिस्थितिबाट मुक्त भइनेछ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। विवादास्पद कामकाे जिम्मेवारी सुल्झाएर पनि सेवामूलक कार्य गर्न सकिनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले समस्यामा परिएला।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। सुन्दर पहिरन र भौतिक साधन जुटाउने समय छ। प्रियजनसँग रमाइलो भेटघाट पनि हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। चौपाया तथा भूमिको माध्यमबाट लाभ उठाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्तत: सामान्य फाइदै हुनेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्