आज २०७८ साल चैत्र ९ गते, बुधवार, २३ मार्च २०२२ को राशिफल

| २०७८ चैत ९ गते ००: ४६ मा प्रकाशित

आज २०७८ साल चैत्र ९ गते, बुधवार, २३ मार्च २०२२। चैत्र कृष्णपक्ष पञ्चमी तिथि, ६ः०८ बजेदेखि षष्ठी। अनुराधा नक्षत्र, २०ः३५ बजेदेखि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहाेला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत केही कमजोर रहनेछ र फजुल खर्च पनि बढ्न सक्छ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहाेला।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसर प्राप्त भए पनि फजुल खर्चले समस्या निम्त्याउन सक्छ। फसेकाे रकम तत्काल नउठ्न सक्छ। मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले पनि सताउनेछन्। तापनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। केही खर्च लागे पनि राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहाेला।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले केही नयाँ कामतर्फ अग्रसर भइनेछ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेत गर्दा उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीहरूले दुःख दिनेछन्, सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्ला। अरूका लागि उपयोग भइनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भैपरी आउने समस्याले फजुल खर्च बढाउन सक्छ। अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। व्यवहारमा आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। केही अवसर प्राप्त भए पनि लगानी सदुपयाेग गर्न नसकिएला।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

समय केही असहज बन्नाले सामान्य कामलाई पनि धेरै मिहिनेत गर्नुपर्ला। साइनाे गाँस्नेहरूले अरूका काममा फसाउन सक्छन्। मिहिनेतअनुसार लाभांश कम मात्र प्राप्त हुनेछ। इष्टमित्र र शुभचिन्तकहरूसँग सुमधुर सम्बन्ध बनाइराख्नुहाेला। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। परिवारमा पनि असमझदारी देखापर्ने समय छ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लाेकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

प्रतिक्रिया दिनुहोस्