आज २०७९ साल भाद्र २७ गते, साेमवार, १२ सेप्टेम्बर २०२२ को राशिफल

| २०७९ भदौ २७ गते १९: ४५ मा प्रकाशित

आज २०७९ साल भाद्र २७ गते, साेमवार, १२ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष द्वितीया तिथि, १३ः३३ बजेदेखि तृतीया। उत्तरभाद्रपदा नक्षत्र, ९ः३२ बजेदेखि रेवती। चन्द्रराशि– मीन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू निकै सक्रिय हुनेछन्। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। सुख–सुविधाका लागि केही साधन जुटाउन सकिनेछ। नयाँ काम थालनी हुनेछ। व्यवसायमा राम्राे फाइदा हुनेछ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

वृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई समेत सुधार गर्ने मौका छ।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा काम नगर्नुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनाले दैनिकीमा समेत परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्