हृदयघातबाट कतारमा मृत्यु भएका अर्घाखाँचीका खड्काको शव नेपाल पठाईदै

| २०७८ असार १५ गते १५: १३ मा प्रकाशित

दोहा,अर्घाखाँचीबुलेटिन। रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका अल्सामारी कोहरा निवासी धन बहादुर खड्काको जुन १५ तारिखका दिन हृदयघात भइ उपचारको क्रममा निधन भएको थियो । मृत खड्का बिगत ८/९ वर्षदेखि कतारमा कार्यरत रहेका थिए ।

प्रवासमा जिल्ला बासी गुमाउदा सिङ्गो अर्घाखाँची सेवा समाज कतार परिवार शोकमा डुबेको अर्घाखाँची सेवा समाजका अध्यक्ष् टेकराज थापाले बताए । समाजले यस दुखद घडिमा दिवंगत आत्मको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

मृतक खड्काको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । संस्थाका अध्यक्ष थापाले मृतक कार्यरत रहेको कम्पनी र नेपाली दुतावाससंग समन्वय गरी आवश्यक कानुनी प्रक्रिय पूरा गरी शवलाई भोलि बिहान २:५ बजेको कतार एयरवेजबाट नेपाल पठाउन लागिएको अर्घाखाँची बुलेटिनलाई जनाकारी गराए।

मृतक खड्काको घरमा बुबा आमा श्रीमति र अन्दाजी ७ बर्षका छोरा र अढाई बर्षकी छोरी रहेको मृतका दाजु गोबिन्द खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्