अर्घाखाँचीको मलारानी ४ मखातमा बादर र बँदेल आतंक: मकैबालि स'त्या'ना'स पार्‍यो

| २०७८ सावन २४ गते १६: ५८ मा प्रकाशित

रबि पोख्रेल, अर्घाखाँची।पछिल्लो समय अर्घाखाँचीमा जिल्ला मालारानी गाउँपालिका ४ मखात मा बादर आतंक बढी रहेको छ।

दिउँसोको समयमा बादर तथा रातको समयमा बदेल  को आतंक बढेको हुँदा किसानहरु एकदमै चिन्तामा परेका छ्न।बादर धापाउँने यंत्र भयतापनि प्रभावकारी हुने सकेको छैन।समयमै नियन्त्रण गर्न नसके जिल्लामा मकै खेती नरहने स्थानिय प्रकाश खनाल बताउछन् ।

बँदेल विशेषगरी रातको समयमा आउने भएकोले हेर्न र बदेल भगाउँन कृषकलाई कठिन भएको छ ।मकै बारीमा एक्लै जाँदा बदेल आक्रमण हुने भएकोले ज्यानको जोखिम समेत हुने हुँदा किसानहरु झनै समस्यामा परेका छन् । बादर को संख्या यति धेरै छ कि जुन ठाउँमा पनि बदेल रहेका छन् । रातीको समयमा होहल्ला गर्नु ,थाल ठटाउनु दैनिकी जस्तै भएको छ । यसक्षेत्रका किसानहरु राती १०/११ बजे सम्म १०- १५ जनाको समुहमा बदेल भगाउँने र मकै बाली जोगाउँने प्रयास गरेका छन, तर पनि मकै बाली जोगाउँन सकेका छैनन,उक्त क्षेत्रका स्थानीयहरुलाई दिउँसोमा बाँदरले र रातीमा बदेलले निकै कष्ट दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्