नेकपा एमाले वडा कमिटीको बैठक सम्पन्न , विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश (भिडियो सहित)

| २०७८ असोज ४ गते १३: २४ मा प्रकाशित

हरि कुँवर,अर्घाखाँची ।नेपाल कम्युनिस्ट पार्टी (एमाले ) सन्धिखर्क नगरपालिका वडा नम्बर ११ कमिटीको बैठक सम्पन्न भएको छ । विभिन्न पार्टी परित्याग गरी ११ जना एमालेमा प्रवेश गरेका छन ।

वडा कमिटीका अध्यक्ष तेज प्रसाद भुसालको अध्यक्षता,जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य एवं सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 अतिथिहरुमा जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्य एवं नम्बर वडा ११ अध्यक्ष धुर्वराज आचार्य ,जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्य एवं सन्धिखर्क नगर कमिटी कार्यालय सदस्य बिष्णु परियार,जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्य बाबुराम आचार्य लगाएतका अतिथिहरुकाे उपस्थित रहेकाे थियाे ।

< /figure>उक्त बैठकमा २०७८ कार्तिक ६ गते हुने वडा अधिवेशनकाे व्यापक तयारीका निम्ति पाटि सदस्यता नबिकरण,जन संगठन तथा टाेल कमिटीका बैठक बस्ने लगाएत महत्त्वपूर्ण विषयमा निर्णय भएको थियोे ।  

बैठमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाइ प्रमुख अतिथि श्रीकृष्ण भुसालले टीका र खादा ओढाएर स्वागत गरेका थिए। एमाले  पार्टी प्रवेश गर्ने हरु बसन्त आचार्य ,नित्यानन्द आचार्य ,गीता पाेख्रेल,मन्जु के.सि,कुश्मा भुसाल ,पम्फा नेपाली ,मनिराम नेपाली ,गाेमा बि.क,निर्मला बि.क,पार्वता बि.क,गिता बि.क लगाएत रहेका थिए। उक्त बैठकमा भगवता आचार्यकाे स्वागत मन्तब्य र भविश्वर आचार्यकाे संचाल रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्