राम्रा कामको प्रचारप्रसारमा कमि रहयो : नेता बालकृष्ण आचार्य

| २०७८ असोज ४ गते १४: ०९ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मालारानी गाउँपालिका वडा नम्बर ४ कमिटीको बैठक सम्पन्न भएको छ। 

नेकपा एमाले मालारानी गाउँपालिका खन कमिटीको बैठकलाई  सम्बोधन गर्दै  नेता बालकृष्ण आचार्यले केपी ओलिलाई प्रधानमन्त्री मानेर कांग्रेस चुनावमा जान खुट्टा कमाए पनि संसद विघटन भएर देश चुनाव तिर जाने नेता आचार्य ले दावी गरे । 

नेकपा एमाले नेतृत्वको केपि वलि सरकारले ल्याएका बिकासका योजनामा सरकारले  अबरोध सिर्जना गरेर बिकासको बाधक भएको आरोप लगाए । नेता आचार्यले नेकपा एमालेपार्टी संगठनकाे काम ब्यवस्थित गरेर लैजानु पर्नेमा जोड दिएका थिए । पालिकाकाे काम प्रचारप्रसारमा कमि रहेको समेत प्रष्ट पारेका थिए । 

 कमिटीकाे बैठक वडा कमिटी अध्यक्ष क. खिमानन्द खनालकाे अध्यक्षता जिल्ला कमिटि सचिवालय सदस्य कार्यालय सचिव  लिल बहादुर बि.क., जिल्ला कमिटी सचिवालय सदस्य, ४ नं. वडा ईन्चार्ज गंगाराम खनाल, सहईन्चार्ज वडाअध्यक्ष बिष्णुप्रसाद पाेख्रेल, सचिवालय सदस्य , बिष्णु बि.क., राधा खनाल, रामजी शर्मा लगायतकाे उपस्थिति रहेको थियो ।

उक्त बैठक सचिव भविश्वर पाेख्रेलकाे संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्