बिषेश नापी कार्यलय अर्घाखाँची द्वारा जग्गा धनी लालपुर्जा प्रमाण पत्र बितरण

| २०७८ असोज ५ गते १५: ३४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। 
आस्बिन ५- बिषेश नापी कार्यलय अर्घाखाँचीले विभिन्न  कार्यक्रम बिच जिल्लाको मालारानी गाउँपालिका का वडा न. ३ र ६ का स्थानीय बासी हरुलाइ स्थानीय वडा हरुमा पुगि लालपुर्जा बितरण गरेको हो ।
 
सोमबार वडा न.३ को खनदह र वडा न. ६ को हंसपुरमा पुगि बितरण गरिएको थियोे गाउँ पालिका का अध्यक्ष बालकृष्ण शर्मा आचार्य को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा नापी कार्यलय का निमित्त कार्यलय प्रमुख धर्मराज अधिकारी  बिषेश नापी कार्यलय का नायब सुब्बा माधब अर्याल  जिल्ला समन्वय समितिका सदस्य रेम बहादुर राना,वडा न.३ का वडा अध्यक्ष शोभाखर खनाल वडा न.६ का वडा अध्यक्ष नारायण अर्याल कार्यपालिका सदस्य दिपा पोख्रेल वडामा रहेका विभिन्न बिषयगत  कार्यलय का प्रमुख स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु वडा मा संचालित बिध्यालयका प्रधानध्यापक तथा स्थानीय हरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै बिषेश नापी कार्यलय अर्घाखाँची का कार्यलय प्रमुख खिमबहादुर रानाले भन्नु भयो जिल्ला मा शसस्त्र द्वन्दको बेला  २०६१ सालमा सम्पुर्ण नापी कार्यलय लगायतका विभिन्न कार्यलयका कागजात हरु नस्ट भएको उल्लेख  गर्दै २०६८ सालमा बिषेश नापी कार्यलय  स्थापन भइ २०६९ सालको निर्देशिका बमोजिम अहिले जिल्ला का ६१ वडा मध्ये  ५३ वटा वडा हरुमा नापनक्सा को काम सम्पन्न भइ सकेको ३५ वटा वडामा लाजपुर्जा बितरण गरिसकिएको उल्लेख गर्दै काठमाडौ लगायत  तराईका जिल्ला हरुमा अहिले सम्म पनि २०२० सालकै नापनक्सा बाट काम गर्न परेको प्रसङ्ग उल्लेख गर्दै  ,अहिले भएको नापनक्सा बाट खर भए खर घर भए घर बाटो भए बाटो जस्तो छ त्यस्तै अबस्थामा मा जिल्ला बासी हरुलाई  आफ्नो लालपुर्जा बितरण गर्न पाएकोमा  खुशी ब्याक्त गर्नु भयो अन्य जिल्ला को  तुलनामा अर्घाखाँची जिल्लाले छिटो र प्रतिशत को हिसाबले सबै भन्दा अग्रस्थानमा रहेको प्रसङ्ग समेत उल्लेख गर्नु भयो ।

सोही कार्यक्रम मा कार्यक्रम का प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  बालकृष्ण शर्मा आचार्य उपाध्यक्ष प्रमिला क्षेत्री वडा अध्यक्ष वड का जनप्रतिनिधि ,जिल्ला समन्वय समिति का सदस्य तथा स्थानीय बासी हरुले बिषेश नापी कार्यलय तथा नापीटोलि लाई सम्मान गर्नु का साथै मायाको चिनो समेत प्रदान गरिएको थियो

प्रतिक्रिया दिनुहोस्