मालारानीमा एमालेमा गयो पहिरो : वडा सदस्य सहित ५० जना कांग्रेसमा प्रवेश

| २०७८ असोज ५ गते २०: ५१ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।
 ५ असाेज । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. २ मा वडा सदस्यको नेतृत्वमा ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

लामापोखरा र गहतेरामा भएको कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधि लोक बहादुर कुँवरको नेतृत्वमा आज ५० जना नेकपा एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेको मालारानी कांग्रेस संयोजक शोभाखर खनालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले अविर, खादा, माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै सभापति मुस्कानले अर्घाखाँची जिल्लालाई कांग्रेसको किल्ला बनाउने भन्दै पार्टीमा प्रवेश गर्ने दाजुभाई दिदीबहिनीलाई उचित जिम्मेवारी दिने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सभापति बिष्णु प्रसाद खनाल मुस्कान, मालारानी कांग्रेस संयोजक शोभाखर खनाल, वडा नं. १ का पार्टी सभापति भरत थापा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा जिल्ला दौडाहामा रहनु भएका सभापति बिष्णु मुस्कानले नेकपा एमाले लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै आउनु भएको छ ।

कार्यक्रम वडा नं. २ का कांग्रेस सभापति प्रभाव कुँवरको अध्यक्षता र प्रदिप गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्