मालारानीको बाँगीमा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश

| २०७८ असोज १२ गते १८: ५० मा प्रकाशित

अर्घाखाँची । मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन ।

मालारानी गाउँपालिकाको वडा नम्बर ५ बाँगीको नेकपा माओवादी पालिका कमिटी सदस्य पितम्बर भुसाल सहित १३ जना प्रवेश गरेका हुन ।   राम प्रसाद भुसाल (माओवादी केन्द्र ) ,सालिकराम भुसाल (काङ्ग्रेस ) ,रामचन्द्र विक (एमाले ), वसन्त भुसाल (माओवादी ) , क्रमश बाबुराम बिक, नारायण बिक,पदमा बिक,कमला भुसाल,सुमित्रा भुसाल ,प्रवता भुसाल, रेमकला टमाटो र तारा टमाटो नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन । 

 माओवादी केन्द्रसँग कुनै एजेण्डा नभएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी एकीकृत समाजवादी लाई सहयोग गरेको बनेको अभिव्यक्ति दिन थालेपछि पार्टी विधि पद्धति र नियममा नचलेकोले आफूहरू समयमै नेकपा एकीकृत समाजवादि प्रवेश गरेको नेकपा एस जिल्ला सदस्य तथा बाँगीका इन्चार्ज पितम्बर भुसालले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्