मालारानीका अधिकांश शिक्षक राजनीतिमा लिप्त: बिधालय नगई पार्टीको अधिवेशनमा व्यस्त

| २०७८ कार्तिक ९ गते १४: ३९ मा प्रकाशित

गुरुदेब खनाल।
कार्तिक ९ -  मालारानी गाउँपालिकाका अधिकांस बिद्यालयका शिक्षकहरु बिद्यालय उपस्थित नभई नेकपा ( एमाले ) को पालिका अधिबेशनमा सहभागी भएको पाइएको छ ।शिक्षा ऐनको ठाडो उल्लंघन गरि सिक्षकहरु खुलेआम एमालेको कार्यक्रममा प्रतिनिधिको रूपमा सहभागी हुँदा समेत संबंधित निकाय टुलुटुलु हेरेर बसेको देखिन्छ ।

 एमालेको पालिका अधिबेशनको क्रममा रिपोर्टिङमा खटिएका पत्रकारहरुले मालारानी गाउँपालिकामा गरेको निरिक्षणको क्रममा शिक्षकहरु बिद्यालय समयमै पार्टीको कार्यक्रममा सहभागी देख्दा  उनीहरुमा कुनै हिनताबोध र गल्ती गरेको महसुस समेत भएको देखिएन । गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष समेत सोही पार्टी बाट निर्वाचित भएको आडमा खुलेआम कार्यक्रममा आएका शिक्षकहरुलाई यो हदसम्मको राजनैतिक संरक्षण गरिनु कानुनी राज्यको धज्जी उडाउनु होईन र ? बिद्यालयमा पठन पाठनको काम छाडेर  यसरी बिद्यालय समयमै पार्टीको कार्यक्रममा उपस्थित अधिकांस  शिक्षकहरु पठन पाठन कार्य गर्न असक्षम, कमजोर कार्यसम्पादन भएका र केही पार्टीकै आडमा करार र राहत कोटामा नियुक्त शिक्षकहरु देखिन्थे । 

छड्के अनुगमनको क्रममा केही शिक्षकहरुलाई सोध्दा उनीहरुले आफुहरुले बिदा लिएर कार्यक्रममा आएको बताउँथे  । के राजनैतिक दलको कार्यक्रममा प्रतिनिधि भएर कार्यक्रममा उपस्थित हुने सिर्षकको बिदा लिन पाइने व्यबस्था शिक्षा ऐन, नियमावलीमा छ ?  के सत्ताको आडमा यति सम्म लापरबाही गर्न पाइन्छ ? यो बारेमा सम्बन्धित निकाय किन मौन देखिन्छ ? गत कार्तिक ६ गतेको वडा अधिवेशनमा समेत शिक्षक तथा कर्मचारीहरु खुलेआम राजनैतिक दलको वडा पदाधिकारी भएको पाइएको छ । उनीहरुले सामाजिक संजाल बाट खुलेआम बधाई पाएको देखिन्छ । यसरी सरकारको नियमको धज्जी उडाएर पार्टी कमिटीमा बस्नेहरुमा कर्ण बहादुर बस्नेत ( स्थायी शिक्षक , मालारानी ५ बाँगि ) उनी मालारानी ५ को वडा कमिटी अध्यक्षमा निर्वाचित भएका छन । त्यसैगरी हंसपुर हुलाक कार्यलयका कर्मचारी बिष्णु पराजुली मालारानी ७ को वडा कमिटी उपाध्यक्ष बनेका छन भने बैद्यनाथ माबी मालारानी ७ का कार्यलय सहायक नवीन खड्का सोही वडाकै वडा कमिटी सचीव बनेका छन । 

उहीँ रबैयालाई आज पनि एमाले निकट शिक्षकहरुले खुले आम देखाउँदा कार्यक्रममै सहभागी अन्य केहि प्रतिनिधिहरुले भने यसरी पठन पाठन छाडेर आउनु गलत हो भन्दै गरेको सुनिन्थ्यो । कार्यक्रममा सहभागी केही प्रतिनिधिहरुबाट नाम नखुलाइदिने सर्तमा उहाँहरुको नामावली प्राप्त भएको छ । उनिहरु शिक्षा ऐनको बर्खिलाप गर्दै कार्यक्रममा सहभागी भएका छन । यसरी सहभागी हुने शिक्षकहरुमा , मुनाल खड्का मालारानी , कृष्ण पौडेल मालारानी ,बिष्णु खनाल मालारानी , बिष्णु प्रसाद मिश्र , नीर बहादुर थापा, तोयनाथ पौडेल, हिमाल पौडेल , रिशिराम थापा, राम बहादुर बस्नेत, कृष्ण बहादुर क्षेत्री, गिरिराज मरासिनी , नवीन खड्का, टेकास्वरी क्षेत्री, मणिराम खनाल, कमल खड्का, सरास्वती मरासिनी , राधा भुसाल ( मालारानी ७ को वडा अध्यक्षको श्रीमती ) , कृष्ण क्षेत्री, खिमानन्द खनाल  लगायत रहेका छन । कार्यक्रममा सहभागी एक प्रतिनिधिका अनुसार यो नामावली आंसिक भएको र अझै व्यापक संख्यामा शिक्षकहरु कार्यक्रममा सहभागी भएको बताए । त्यसैगरी हंसपुर हुलाक कार्यलायका कर्मचारी बिष्णु पराजुली पनि कार्यक्रममा देखिन्थे ।

  के उनिहरुलाई कुनै कानुनि कारबाही हुँदैन ? यश बारेमा संबंधित निकाय संग जानकारी लिने कोसिस मा रहेका छौँ । यसरी ऐन कानुन बिपरित खुले आम राजनैतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षक कर्मचारीलाई सम्बन्धि निकायले कारबाही गर्ला ? यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्