राष्ट्रिय जनमोर्चामा आबद्ध सदस्य कुँवरको निधन

| २०७८ कार्तिक १३ गते १३: १५ मा प्रकाशित

अर्घाखाँची ।राष्ट्रियजनमोर्चामा आबद्ध सदस्य तथा अखिल नेपाल किसान महासंघ मालारानी गाउँकमिटिका सदस्य ज्ञान बहादुर कुँवरको निधन भएको छ ।

अर्घाखाँची जिल्ला मालारानी वडा न. ५ साबिक बाँगी वडा नं ८ भन्डार स्थायी निबासी ,रुपन्देहिको सैनामैना १ बर्माचौकमा अस्थायि बासिन्दा कुँवरको ५६ वर्षको उमेरमा निधन भएको छ ।

बिगत ३०बर्ष देखि राजनैतिक परिबर्तनका लागि सबैखाले निरङ्कुशता सामाजिक बिभेद बर्गिय असमानताका बिरुध्द शोषित पिडितश्रमिक किसान बर्गको मुक्तिकोलागि सन्चालित आन्दोलनमा एउटा अनुशाषित निष्टावान सिपाइको रुपमा सकृयताकासाथ स्वदेश र रोजगारिको लागि गल्फकन्ट्रिमा रहदापनि नेपाली श्रमिकहरुको हक हित र सामाजिकसुरक्षाकोलागि अखिल कतार , साउदि अरब नेपाली एकता समाजमा विभिन्न जिम्मेबारिमा रहि निरन्तर जुझारु सघर्ष गरेर योगदान पुर्याउनु भएको थियो ।

युनिभरसल मेडिकल कलेज भैरहवाको आइसियुमा सघन उपचारको क्रममा कुँवरको निमुनिया कारण शुक्रबार निधन भएको हो । 

अखिल नेपाल ट्रेड युनियन महासंघका  अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल शिक्षक संघका उपाध्यक्ष कमला बन्जाडे , नेपाल शैक्षिक परामर्श संघका महासचिव दिपकराज भुसाल, मानप्रसाद भुसाल, भक्त भुसाल ,तुलशि भुसाल ,नर बहादुर कुंवर ,इन्दिरा थापा,मिना भुसाल, सीता भुसाल,इन्दिरा अर्याल , डा. महिमा भुसाल लगायतका आफन्त इस्टमित्रहरुले भावपुर्ण श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिबारजनमा गहिरो समबेदना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्