एमाले मालारानी गाउँपालिका पुर्ण बैठक,मनमाेहन अधिकारी आर्दश ब्याक्ति रहेकाे एमाले केन्द्रीय सदस्य उज्ज्वलकाे भनाइ

| २०७८ कार्तिक २४ गते १६: १५ मा प्रकाशित

गणेश खनाल। नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले मनमाेहन अधिकारी नेपाली जनताकाे मन बस्न सफल भएकाे बताउनुभयाे । मनमाेहनकाे आर्दशबाट चलेकाे एमाले जनताकाे मनमा रहेकाे भएकाे बताउनुभयाे।

प्रचन्ड विखण्डनकारी रहेकाे चर्चा गर्दै माअाेवादी पार्टी त विघटन गर्नु भाे एमाले पनि विघटन गर्न माधव नेपाल कार्ड प्रयाेग गरेपनि जनस्त्तरमा एमालेलाइ कमजाेर बनाउन नसकेकाे जिकिर गर्नुभयाे । नेपालमा नेपाली काग्रेस र नेकपा एमाले मुख्य पार्टी रहने भन्दै अन्य पार्टी हैसियत हिसावमा नरहने दावि गर्नुभाे । 

प्रचण्डले पदकाे लागि पार्टी विभाजन गरेकाे बताउनुभयाे । प्रचन्डलाइ प्रधानमन्त्री र माधव नेपाललाइ अध्यक्ष क्यास ताे क्यासकाे खाेजेकाले पार्टी विभाजन भएकाे बताउनुभयाे । नेकपा एमाले मालारानि गाउँपालिकाकाे पहिलाे बैठकलाई सम्बाेधन गर्दै नेता उज्ज्वलले मालारानी गाउँपालिका कम्युनिस्ट आधार क्षेत्र रहेकाे भन्दै जिल्लालाइ नेतृत्व गर्ने अधिकाम्स लिडर रहेकाे बताउदै साे साग जाेगाउन आग्रह गर्नुभयाे । 

केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रिले पार्टीको गाेपनियता सुरक्षित राख्ने कम्युनिस्ट पार्टी प्रमुख जिम्मेवारी रहेकाे भन्दै त्यस तर्फ सचेत रहन कार्यकतालाइ अाग्रह गर्नुभयाे । अहिलेकाे एमाले नेकपाकाे निरन्तरता भएकाे क्षेत्रिले बताउनुभयाे ।
प्रदेश कमिटी सदस्य जर्नादन खनालले केपि शर्मा वलि प्रधानमन्त्री भएकाे बेला र पालिकामा एमालेकाे नेतृत्वमा भएका राम्रा पक्षकाे प्रचार गर्न नसक्नु पार्टी क्याडेरकाे कमजोरी भएकाे बताउनुभयाे ।

प्रदेश कमिटी सदस्य पिताम्वर भुसाल नेकपा एमालेकाे पालिकाे गाैरवपुर्ण एैतिहास जाेगाउदै अासन्न ३ तहकाे निर्वाचनमा त्याे विरासत जाैगाउदै उकृष्ठता हासिल गर्ने कार्यभार अहिलेकाे कमिटीलाई रहेकाे बताउनुभयाे ।मालारानी गाउँपालिका ईन्चार्ज तिलक मिश्रले मालारानी गाउँपालिकाकाे भित्र बलियाे एमाले गतिशिल बनाउन अावश्यक रहेकाे बताउनुभयाे । जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव लिलबहादुर विकले जिल्लाकाे परिपत्र बाचन गर्नुभएकाे थियाे । 

कार्यक्रममा गाउपालिका अध्यक्ष बालकृष्ण आर्चाय,उपाध्यक्ष प्रमिला क्षेत्रि,जिल्ला कार्यालय सचिव लिलबहादुर विक लगाएतकाे उपस्थिति रहेकाे थियाे । बैठकमा वाड कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गर्नुभएकाे थियाे । बैठकले कार्य विभाजन समेत गरिएकाे छ । गाउँपालिका अध्यक्ष सालिकराम अार्चायकाे अध्यक्षता र सचिव नारायण अर्यालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे छ ।

 यस्तै बैठकले वाड कमिटीको इन्चार्ज समेत चयन गरेकाे छ । वाडनम्वर १ मा चन्द्रकान्त अार्चाय,वाडनम्वर २ मा प्रेम पछाइ,वाडनम्वर ३ मा खिमानन्द खनाल,४ मा ऋषिराम प्राेखरेल,५ मा हुमबहादुर महत,६ मा दुर्गाबहादुर राउतक्षेत्रि,७ मा ईन्द्रबहादुर खड्का,८ मा गगाबहादुर विक र ९ मा याेगेन्द्र खनाललाइ चयन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्