ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाद्वारा मालारानीको बाँगीमा मृ'त्यु दाबी भुक्तानी रकम हस्तान्तरण

| २०७८ मंसिर ४ गते १८: ४२ मा प्रकाशित

अर्घाखाँची। ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखामा बिमा गराउँनु भएका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका  वडा नम्बर ५ बाँगी निवासी धन बहादुर खड्काको बिदेश मा हृदयघातको कारण मृत्यु भएपछी  ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाले उनको परिवारलाइ बिमा रकम प्रदान गरेको छ। 

ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाका म्यानेजर कृष्ण खनाल सहितको टिमले आज उहाँकै  निवासमा पुगी एक कार्यक्रम बिच बिमा बापत १०  लाख  ५ हजार ३  सय ७५ रुपैँया प्रदान गरिएको हो। 

उक्त रकम बराबरको चेक मृतककी श्रीमती बसन्ता खड्का लाई ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाका म्यानेजर कृष्ण खनालको हात बाट हस्तान्तरण  गरिएको हो । खड्काले ५ लाखको बिमा गराएर  पहिलो किस्ता मात्रै बुझाएका थिए । उक्त कार्यक्रममा शाखाका अपरेसन इन्चार्ज कमल पान्डे एजेन्सी म्यानेजरहरु शुसिला भुसाल , बलाराम भुसाल र प्रेम बुढाथोकी अभिकर्ता मन्जु खड्का लगायत गाउका बुद्धिजीवी हरुको उपस्थिति रहेको थियो।

त्यसै अबसरमा शाखा  प्रमुख कृष्ण प्रसाद खनाल ले नेपालको सबै भन्दा धेरै ३५ घातक रोग विरुद्ध उपचार खर्च दिने एक मात्र बिमा कम्पनी ज्योति  लाइफ रहेको बताए।

प्रतिक्रिया दिनुहोस्