मालारानी गाउँपालिकाकाे कार्यालय,जडीबुटी संकलन केन्द्र र नागरिक आराेग्य सेवा केन्द्रकाे उद्घाटन(तस्विर सहित)

| २०७८ मंसिर २८ गते १९: १० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 मंसिर २८ - मालारानी गाउँपालिकाकाे आयोजनामा कार्यपालिका को प्रमुख प्रशासकीय भबन जडीबुटी संकलन केन्द्र ,नागरिक आराेग्य सेवा केन्द्रकाे उदघाटन तथा  भागिरथी स्मृति प्रतिष्ठानकाे शिलान्यास कार्यक्रम सम्पन्न भएको छ पुर्ब मन्त्री तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्य को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा धुर्कोट गाउँपालिका का अध्यक्ष भुपाल पोख्रेल  सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे तथा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु  मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,आर्युबेद स्वास्थ केन्द्र का प्रमुख डा. अर्चना शुक्ला वडा अध्यक्ष हरु कार्यपालिका का सदस्य हरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि हरु विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियोे ।कार्यक्रम मा जग्गा दाता तथा प्राबिधिक  हरुलाइ सम्मान समेत गरिएको छ।

गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य को अध्यक्षता मा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य र प्राबिधिक हरिषचन्द्र पान्डेको संचालन मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्