बाँगी चौहान डाडाँमा रहेको उदयमान जनजागृति क्लवकाे भवन उद्घाटन

| २०७८ पौष १५ गते १९: ५७ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । मालारानी गाउँपालिका बाट निर्माण भएको मालारानी ५ बाँगी  चौहान डाडाँमा रहेको उदयमान जनजागृती युवा क्लबको भवन उद्घाटन  भएको छ । 

पुर्व  राष्ट्रिय  सभा सदस्य , नेकपा एमाले  केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज  चन्द्र बहादुर खड्काले आज एक समाराेहका विच उद्घाटन  गरेका हुन। 

कार्यक्रममा मन्तव्य राख्दै खड्काले जिल्लाकाे विकासमा उल्लेखनीय प्रगति भईरहेकाे बताउदै जिल्लाकाे विकासका लागि आफु सधै लागि पर्ने बताए ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बाल कृष्ण शर्माले गाउँपालिकाकाे विकासमा आफुहरूले कुनै कमि नराखेकाे उल्लेख गर्दै निर्वाचन गरेकाे वाचा पूरा गरिरहेकाे बताए । 

कार्यक्रममा उपाध्यक्ष प्रमिला क्षेत्री ,५नम्बर वडा अध्यक्ष शोभाखर भुसाल ,नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहान , शान्ति मा.बि.का प्र.अ.मान बहादुर पान्डे लगाएले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्