मालारानीका बस दुर्घटना मृतकका आफन्त सँग एमाले नेताहरू

| २०७८ पौष २० गते १९: १० मा प्रकाशित

गणेश खनाल,मालारानी। बस दुर्घटनामा परि मृत्यु भएका मृतकका आफन्तलाइ एमाले नेता तथा जनप्रतिनिधिले भेट गर्नुभएकाे छ। 

दुर्घटनाबाट आफन्त गुमाएकाहरू पिडाबाट विक्षिप्त भएका बेला जनप्रतिनिधि तथा एमाले नेताहरूले भेटेर सान्त्वना र दुखकाे बेला साथमा रहेकाे प्रतिवद्वता जाहेर गर्नुभएकाे छ । भेटपछि मृतकका आफन्तले पीडा दुखमा रहेकाे बेला हाैसला प्रदान तथा सगै भएकाे महशुस भएकाे बताउनुभएकाे थियाे । पाल्पामा भएकाे बस दुर्घटनामा परि अर्घाखाँची मालारानी गाउँपालिका वाडनम्वर २ कुम्बिनेका मृतक भेट्न नेकपा एमाले केन्द्रीय कमिटी सचिव टाेपबहादुर रायमाझी,केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल,केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आर्चाय,केन्द्रीय सल्लाकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रि,नेकपा एमाले मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आर्चाय,मालारानी गाउँपालिका  अध्यक्ष बालकृष्ण आर्चाय,उपाध्यक्ष प्रमिला क्षेत्रि लगाएत घरमै पुग्नु भएकाे थियाे । 

यस्तै मालारानि गाउँपालिका प्रमुख प्रशासकिय अधिधृत रमेश पन्थि,नेकपा एमाले जिल्ला सदस्यहरू दिपा प्राेखरेल,पुतला खनाल,एमाले नेताहरू दण्डपानी प्राेखरेल लगाएत समवेदना दिन पुग्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्