मालारानी देखि युद्धकालिनमा जाने पहिलो व्यक्ति एमाले प्रवेश

| २०७८ फागुन २ गते २२: ३० मा प्रकाशित

हरि कुँवर। मालारानी गाउँपालिका वार्ड नम्बर - ३ दह आरुबुटा निवासी  युद्धकालिन अवस्थामा दह वाट युद्धमा जाने पहिलाे व्यक्ति नामदेव पाेख्रेल (क. बिजय) नेकपा (एमाले)मा प्रवेश गरेका छन ।

माओवादीका अध्यक्ष प्रचण्ड ले आँसुको मुल्य बुझ्थ्यो भने युद्धकालीन घाउका डोबले निस्केका आँसु आज मुस्कानमा परिणत भएका हुन्थे , नेतृत्वले कार्यकर्ता संग अर्कै कुरा , जनता संगै अर्कै कुरा  झन नेता संग अर्कै कुरा गर्ने बोलीको ढुङ्गो नभएको लाई अध्यक्ष नमान्ने पोख्रेलले दावी गरे । 

नेकपा (माअाेवादी केन्द्र) का युद्धकालिन नेता नामदेव पाेख्रेल (क. बिजय) लाई  निडर लडाकु समेत मानिन्थ्यो । 

एक कार्यक्रम बीच नेकपा एमाले पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, लिला बि.क., दिपा पाेख्रेल,  डण्डपाणि पाेख्रेल, पर्सुराम पाेख्रेल, राेमहर्ष खनाल लगायतको उपस्थितिमा अभिरमाला लगाइ स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्