विप्लव नेकपाद्धारा एमसीसीविरुद्ध अर्घाखाँचीमा विरोध प्रर्दशन

| २०७८ फागुन ६ गते २१: ०५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले राष्ट्रघाती एमसिसि परियोजनाका विरुद्धमा शुक्रबार  मालारानी गाँउपालिकाको खनदह लगाएत विभिन्न ठाउँमा विरोश प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।

 विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रघाती एमसिसि नेपाल र नेपाली जनताको पक्षमा नहुदा हुदै पनि संसदमा बर्तमान सरकारले लगेर पेश गर्न खोज्नु नेपाली जनता र नेपालको स्वाधीनता माथिको गम्भीर प्रहार भएको  हुँदा कडा कदम चाल्नु पर्ने बताएका थिए । 

कार्यक्रमलाई जिल्ला सदस्य नविन खड्काले सम्वोधन गदै एमसिसि नेपाल र नेपाली जनताको हितमा नभएकोले एमसिसीको पक्षमा कुरा गर्ने राजनितिक दल सबैलाई बहिष्कार गर्ने एमसिसी सम्झौतामा हस्ताक्षर गर्ने सासदलाई जिल्ला बहिष्कार गनुपर्ने बताएका थिए । 

कार्यक्रममा युवा संगठनका जिल्ला उपाध्यक्ष सुनिल नेपाली , एमबी सुनार , बृद्धिराम भुसाल अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपाली लगाएत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्