भारतको हरियाणा गुडगाउँ देखि अर्घाखाँची गोखुङ्गाका सन्त बहादुर नेपाली ७ दिन देखि बेपत्ता

| २०७८ चैत १२ गते १६: ३८ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गाका सन्त बहादुर नेपाली भारत राज्यको हरियाणा गुडगाउँ देखि ७ दिन देखि बेपत्ता रहेका छन्। 

बेपत्ता हुने ४२ बर्षिय सन्त बहादुर नेपाली बिगत ३ महिना देखि हरियाणा गुडगाउँ सेक्टर २२ मा रहेको एक पीजी (P G) मा काम गर्दै आईरहेको निजका आफन्त जनले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छन्। 

मार्च २० तारिख  आईतबार बिहान करिब ११ बजेको समयमा  एकछिन मा आउँछु भनेर (P G) बाट निक्लिएका सन्त बहादुर नेपाली एक हप्ता बिति सक्दा पनि उनका आफन्तजन बाट सम्पर्क बिहिन रहेका छन्। 

तसर्थ माथि तस्विरमा देख्नुहुने बेपत्ता रहेका सन्तबहादुर नेपालीलाई कहिँ कतै देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा तल दिएको सम्पर्क नम्बरमा तुरुन्तै कल गरि खबर गरिदिनुहुन निजका परिवार लगायात अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं !! 

सम्पर्क नम्बर 

आकास नेपाली 

छोरा +918527122939
दिपक बैजालि +917505332988
तिलक राम भुसाल +919520084540

प्रतिक्रिया दिनुहोस्