बाँगीको अध्यक्ष पदमा मिश्रको उम्मेद्बारी

| २०७८ चैत २९ गते १७: ५० मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ५ को वडा अध्यक्षपदका लागि तिलक मिश्र सर्वसम्मत उम्मेदवार चयन भएका छन ।

एमालेको जिल्ला कमिटिको सचिवालय सदस्य पदमा रहेर काम गरेका मिश्र जिल्ला स्वास्थय कार्यालयको अधिकृत पदको जागिर बाट राजीनामा दिएर पहिलोपटक २०७४ सालमा वडा अध्यक्षको पदमा उम्मेद्धवारी दिएका थिए । जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका छन । सक्रिय रहदै आएका मिश्र नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।

“समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका मिश्र ले बाँगीमा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उहाँले दोस्रोपटक नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिने भएका हुन ।

२०७४ सालको निर्वाचनमा अन्तरर्घातका कारण वडामा हार भएको निष्कर्ष सहित ४ जनालाई कारबाहीको लागी एमाले बाँगीले सिफारिस गरेको थियो । बाँगी बाट वडा अध्यक्षको उम्मेद्धवार तिलक मिश्र १८ भोटले पराजित हुनुपरेको थियो । काङ्ग्रेस माओबादी गठबन्धनका शोभाखर भुसालले १ हजार ५ र तिलक मिश्रको ९सय ८७ मत आएका थिए । चार जना सदस्य भने एमालेका उम्मेद्धवारले दुई सय मत अन्तरले गठबन्धनलाई पछि पार्दै चारै जना बिजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्