मालारानीको गोखुङ्गा सल्लेका एक युवा कपिलबस्तु बाट ५ दिन देखि बेपत्ता

| २०७९ बैशाख ९ गते १९: ४० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर - ९ गोखुङ्गा सल्ले का ३५ बर्षिय कृष्ण प्रसाद सुवेदी ,(शोभाखर)सुवेदी बैशाख ४ गते देखि बेपत्ता रहेका छन्। 

वेपत्ता हुने सुवेदी अर्घाखाँची बाट बसाईसराइ गरि हाल प्युठानको चकचके भन्ने ठाउँमा बसोबास गर्दै आईरहेको खबर प्राप्त भएको छ। बैसाख ४ गते कृष्ण सुवेदी र निजकी हजुर आमा भएर संगै चौरासी पुजामा समावेश हुन् कपिलबस्तुको कुश्मा भन्ने ठाउँ गएको र बैशाख ४ गते दिउँसो करिब ४ बजेको समयमा चौरासी पुजा गर्ने स्थान बाट  हिडेका सुवेदी आजको मिति सम्म घरपरिवार बाट सम्पर्क बिहिन रहेका छन्। 

माथि तस्विरमा देख्नुहुने कृष्ण प्रसाद सुवेदी लाई कहिँ कतै देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा अर्घाखाँची बुलेटिन पेजको म्यासेज बक्स मा तुरुन्तै खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्