को हुन तिलक मिश्र ?

| २०७९ बैशाख १० गते १६: ०० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर – ५ को वडा अध्यक्षपदका लागि नेकपा एमालेको तर्फबाट तिलक मिश्र सर्वसहमत उम्मेदवार चयन भएको सर्ववितित छ ।

मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भेडिराख्ने साहुटोल निवासी पिता दुर्गा प्रसाद मिश्र माता यमकला मिश्रको जेठा छोरा तिलक मिश्र हुन । वि.स २०२७ बैशाख १० गते अर्थात आजैको दिन जन्मेका मिश्र नेकपा एमालेको जिल्लाकमिटिको सचिवालय सदस्य पदमा रहेर काम गरेका मिश्र जिल्ला स्वास्थय कार्यालयको अधिकृत पदको जागिर बाट राजीनामा दिएर पहिलोपटक २०७४ सालमा वडा अध्यक्षको पदमा उम्मेद्धवारी दिएका थिए । जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका पनि छन । जिल्लाको बाँगीमा सक्रिय रहदै आएका मिश्र नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।

जव गाईगुई ओली मुर्दावाद सुनियो – देशमा “आई लभ यु ओली”को नारा गुन्जियो ओली अपदस्त गर्न कम्मर कस्नेहरुको सामु शुसासन र समृद्धि समाजवादको आधार स्थानीय देखी केन्द्र सम्म एमालेको सरकार “समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका मिश्र ले बाँगीमा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उहाँले दोस्रोपटक नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिने भएका हुन ।

२०७४ सालको निर्वाचनमा अन्तरर्घातका कारण वडामा हार भएको निष्कर्ष सहित ४ जनालाई कारबाहीको लागी एमाले बाँगीले सिफारिस गरेको थियो । बाँगी बाट वडा अध्यक्षको उम्मेद्धवार तिलक मिश्र १८ भोटले पराजित हुनुपरेको थियो । फलस्वरूप काङ्ग्रेस माओबादी गठबन्धनका शोभाखर भुसालले १ हजार ५ मत लिएका थिए। यसैगरी तिलक मिश्रको ९सय ८७ मत ल्याएर पराजित हुनुपर्यो । चार जना सदस्य भने एमालेका उम्मेद्धवारले दुई सय मतको अन्तरले गठबन्धनलाई पछि पार्दै चारै जना बिजयी भएका थिए ।

जन्म दिनको शुभ अवसरमा छोरा नवीन मिश्रले शुभकामना समेत व्यक्त गरेका छ्न । उनी लेख्छन :

“जन्मदिनको असीम शुभकामना बाबा हजुर लाई
राजनीतिक सामाजिक क्षेत्रमा हजुरलाई थप सफलता मिलोस जिवनको आधा उमेर सामाजिक क्षेत्रमा खर्चनु भयो कहिले शिक्षा क्षेत्रमा त कहिले स्वास्थ्य क्षेत्रमा रहेर खर्चनु भयो बाबा हजुरबाट हजारौं कुरा सिक्नु छ मलाई ती कयौं बृद्धअबश्थामा रहेका आमाबुवा ले हजुरलाई गर्ने माया मैले पनि पाउन सक्ने खाल्को बन्नु छ ।युवाहरु लाई सहि बाटो देखाउने माया गर्ने र युवाहरुले खोज्ने खाल्को म पनि बन्न सक्ने खाल्को हुनु छ। ससाना भाइ बहिना हरुलाई तपाईले गर्ने स्नेहा माया मैले पनि तेस्तै माया दिन सक्ने खालको बन्नु छ । संघर्ष मैले त्यो शब्द मात्र सुने तर तपाईको जिवन लाई निहालेर हेर्दा वास्तबमै संघर्ष को अर्थ बुझे तपाई जस्तै बन्नु छ बिरुवा रोपेर फलको आश कहिले नगर्ने । मलाई इमानदारीता के हो भन्ने हजुरबाट सिक्न अझै धेरै जरुरी छ । हजुर बाट जस्तो सुकै कठिन परिस्थितिमा पनि शान्त सरल धैर्यता गर्न सक्ने आत्माबिस्वास भएको गुणि बन्न सिक्नु छ । तपाई बाट मलाई हजारौं कुरा हरु सिक्नु छ बाबा किताब को त्यो बोक्रे शिक्षा भन्दा ठुलो कर्म शिक्षा र र ब्यबहारिक शिक्षा हजुर बाट अझ धेरै बुझ्न् र सिक्नु छ मलाई ।। हजुर लाई जन्म दिन को अनगिन्ती शुभकामना बाबा !!”

प्रतिक्रिया दिनुहोस्