मालारानी गाउँपालिका – ८ को वडा अध्यक्षमा बस्नेत विजयी

| २०७९ जेठ १ गते १५: १८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका – ८ को वडाअध्यमा एमालेका नरेन्द्र बस्नेत ७०९ मत ल्याएर विजयी भएका छन् ।

वडाअध्यमा एमालेका उम्मेदवार नरेन्द्र कुमार बस्नेतले ७०९ मत सहित पदमा पन्थी, सुमित्रा परियार, मित्रबहादुर विश्वकर्मा र बलबहादुर हाैजाली प्यानल विजयी भएको छ ।

यसैगरी गठबन्दन्को तर्फबाट पुर्ण बहादुर बिस्टले ४३५ मत प्राप्त गरेका थिए । उक्त वडामा सुर्य चिन्हबाट पालिका अध्यक्षमा ५६६ गठबंधन को ५६३ , उपाध्यक्षमा सुर्य चिन्हमा ६४२ , गठबंधन ४७२ मत प्राप्त भएको हो ।

मालारानी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पदम क्षेत्री (माओवादी केन्द्र – गठबंधन ) अगाडि छ्न । भने एमालेको तर्फबाट उपाध्यक्ष दिपा पोख्रेल अगाडि छिन ।

प्रतिक्रिया दिनुहोस्