मालारानीका क्यान्सर पिडिलाई आर्थिक सहयोग

| २०७९ जेठ ११ गते १२: १६ मा प्रकाशित

प्रकाश दाई। अर्घाखाँची जिल्ला मालारानी ९ निवासी ब्लड क्यान्सर पिडित कृश्न पन्थीलाई अर्घाखाँची सम्पर्क मन्च  दक्षिण कोरियाले आर्थिक  सहयोग गरेको हो।

सम्पर्क मन्चका सचिव माधब खनालको  संयोजक्त्वमा मन्चमा आबद्ध करिव ६४ जना युवाहरुको हातेमालोमा रु १ लाख २८ हजार ८ सय ८९ रकम आर्थिक सङ्कलन गरिएको थियो ।

आज एक भेटघाट बिच,समितीका पुर्व सदस्य तथा सल्लाहकार प्रकाश दाइ र  समितीका वर्तमान सदस्य केसब खनालको उपस्थीतिमा उक्त रकम बिरामीलाई  हस्तान्तरण गर्नुभएको छ । साथै बिरामीको अबस्थाको बारेमा आनकारी लिनुभएको छ ।

  करिब तिन महिनादेखी ब्लड क्यान्सरको सिकार हुनुभएका पन्थीको उपचार काठमान्डौ बानेश्वर स्थित सिभिल हस्पिटलमा भैरहेको छ ।हालसम्म उपचारार्थ करिव ६ लाख सकिएको र भबिष्यमा ब्ल्ड ट्रान्स्प्लान्ट गर्नुपरे करिव १५,  २०  लाख सम्म लाग्न सक्ने कुरा उहाँको श्रीमति मधु पन्थिले बताउनुभयो ।

 उहाँहरुको आर्थिक अबस्था निम्न रहेको र उपचारका लागी धेरै रकम चाहिने हुनाले,जिल्लाका सम्पुर्ण सामाजिक अभियान्ताहरुलाई सहयोगका लागी पहल गरिदिनुहुन परिवारका सदस्यहरुले आग्रह गर्नुभएको छ ।

उहाँहरुसँग सम्पर्क गर्नको लागी 
९८६११३४३०८ ( बिरामीको आफ्नै नम्बर )  मा सम्पर्क गर्न सक्नुहुनेछ  ।

प्रतिक्रिया दिनुहोस्