मालारानीका क्यान्सर पीडित पाण्डेको लागी सहयोगको अपिल

| २०७९ जेठ १९ गते १६: ०० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।जिब्रोमा क्यान्सर भएपछी पाण्डेले आफुलाई आर्थिक सहयोगको लागि अपिल गरेका छ्न ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी आरुखोर निबासी ३५ बर्षिय बिष्णु पाण्डे तीन महिना अघि रोजगारीको शिलशिलामा साउदी पुगेका थिए । एक्कासि जिब्रोमा सानो घाउ पछि क्यान्सर भएको साउदी अस्पतालले बताएको थियो ।

आर्थिक अवस्था कम्जोर भएका पीडित पाण्डे तीन महिना नबित्दै नेपाल फर्किएर चितवनको बि पि कोइराला क्यान्सर अस्पतालमा उपचार छन ।

वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा भर्ना भई अहिलेसम्म अन्दाजी ५ लाख खर्च भैसकेको बताएका छ्न ।

पाण्डेका एक छोरा एक छोरी श्रीमती भएको स्थानीय नेत्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्