अर्घाखाँचीमा २० बर्षिय एक युवाले गरे आ'त्म'ह'त्या

| २०७९ असार १२ गते १३: ५६ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा एक युवाले आत्महत्या गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका–१ बसन्तपुरका २० वर्षीय सरोज भुसालले आत्महत्या गरेका हुन् । आइतबार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय विनोद भुसालले जानकारी दिए ।

उनले छत्रदेव गाउँपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए । घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।श्रोत - ग्लोबल आवाज

प्रतिक्रिया दिनुहोस्