बाँगीमा ग्रामीण अल्ट्रासाउण्ड सेवाकाे शुभारम्भ

| २०७९ असार ३० गते १८: १८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।मालारानी गाउँपालिका बाँगीमा ग्रामीण अल्ट्रासाउण्ड सेवाकाे शुभारम्भ बाँगी स्वास्थ्य चाैकीबाट भएको छ ।

अर्घाखाँचीले चिकित्सक सहितकाे घुम्ती स्वास्थ्य सेवा साथै ग्रामीण अल्ट्रासाउण्ड सेवाकाे शुभारम्भ बाँगी स्वास्थ्य चाैकीबाट गरेकाे हो । चिकित्सक सहितकाे याे घुम्ती स्वास्थ्य सेवा पालिका भित्रका सबै स्वास्थ्य संस्थाबाट प्रदान हुने भएको हो।

वडा अध्यक्ष तिलक मिश्रले बाँगी तथा मालारानीको स्वास्थ्य सेवाको बिकास र बिस्तारमा लागि रहेको बताएका छ्न। गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि संचालन गरिएको ग्रामीण अल्ट्रासाउण्ड सेवाले धेरै लाई लाभदायक हुने वडा अध्यक्ष मिश्रले बताए । वडा अध्यक्ष मिश्रले आफूले चुनावमा घोषणा गरेअनुसार बाँगीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पु-याउने प्रयास भइरहेको बताए । यस्तै गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइ रहेको समेत बताएका हुन ।

प्रदेश स्वास्थ्य निर्देशनालय ,प्रदेश स्वास्थ्य तालिम केन्द्र ,स्वास्थ्य कार्यालय अर्घाखाँची, स्वास्थ्य चौकी बाँगी र मालरानी गाउँपालिकाकाे सहकार्यमा बाँगी स्वास्थ्य चाैकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको थियो।

प्रतिक्रिया दिनुहोस्