अर्घाखाँचीको सुर्यथुम बिधालयका एक पुर्व शिक्षक बुटवल बाट ५ दिन देखि बेपत्ता

| २०७९ सावन १९ गते १६: २२ मा प्रकाशित

धुर्व ताम्रकार। बुटवल देखि अर्घाखाँची (बुटवल) का एक  विवाहित पुरुष एका - एका बेपत्ता भएका छन्। 

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका सुर्यथुम बिधालयमा शिक्षक समेत रहेका अन्दाजी ५०/५५ बर्षिय कृष्ण प्यासी यही गत मिति २०७९ साल साउँन १४ गते शनिवार बिहान करिब ४ बजेको समयमा बुटवल बाट एकाएक घरपरिवार देखि सम्पर्क बिहिन ( बेपत्ता) रहेका छन्। 

बेपत्ता हुने कृष्ण प्यासीको पुरानो घर मालारानी गाउँपालिका मरेंङ्ग रानीचौर रहेको छ। आज झन्डै एक हप्ता बित्न लाग्दा पनि प्यासी आफ्ना घर परिवार देखि बेखखबर (सम्पर्क बिहिन) रहेका छन्। प्यासी आज सम्म पनि घर परिवारको सम्पर्कमा न आउँदा घरका सदस्यहरु अत्यन्तै चिन्तामा रहेका छन्। 

कृष्ण प्यासीलाई आजको मिति सम्म बिभिन्न ठाउँमा खोजतलास गर्दा पनि भेटाउन न सकेपछि निजका घरपरिवारले उनको खोजतलास गरिदिन सामाजिक संजाल र बिभिन्न मिडियामा हारगुंहार गरेका छन्। 

कृपया यदि तस्विर मा देख्नुहुने कृष्ण प्यासीलाई कोही कसैले कहीं कतै देख्नु भएमा सम्पर्क नम्बर ९८४७१२०२७०,९८४७१९४२८६ मा तुरुन्तै खबर गरिदिनुहुन वा  नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन् निजका घरपरिवार लगायात अर्घाखाँचीबुलेटिन परिवार सम्पूर्ण पाठक सामु हार्दिक अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्