मालारानीमा अपरिचित ब्याक्तीद्वारा घरमा आगजनी: लाखौ रुपैयाँको क्षती

| २०७९ पौष १ गते १७: ४२ मा प्रकाशित

दिपेन्द्र सुनार,अर्घाखाँची। अर्घाखाँचीको मलारानीमा अपरिचित ब्याक्तीद्वारा टिने घरमा आगो लगाइदिंदा लाखौ रुपैयाँ बराबरको भौतिक  क्षती भएको छ।

जिल्लाको मालारानी गाउँपालिका वार्ड न- ६ गैरा निवासी हुम बहादुर सुनारको टिने घरमा शुक्रवार बिहान करिब तीन बजेतिर अपरिचित ब्याक्तीले आगो लगाइ दिँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । भने घर भित्र रहेको सम्पुर्ण खाद्यान्न समेत जलेर नष्ट भएको छ।

आगो स्थानिय बासिन्दाहरुको सहयोगमा राती नै नियन्त्रणमा लिइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी चौकी हंशपुर रतन्मारेका हवल्दार चन्द्र ओली ले जानकारी दिएका छ्न।

प्रतिक्रिया दिनुहोस्