मालारानीको किरण माबि ले मनायो ४६ औँ बार्षिक उत्सब( तस्विर -भिडियो सहित)

| २०७९ पौष ९ गते १९: २३ मा प्रकाशित

रबि पोख्रेल ,अर्घाखाँची।
पौष -९ अर्घाखाँची जिल्लाको मालारानी गाउँ पालिका वडा नम्बर - ४ निन्नुखर्क किरण मा बि को ४६ औं बार्षिक उत्सब कार्य क्रम तथा अबिभाबक दिबस विभिन्न सांस्कृतिक ,खेलकुद जनचेतना मुलक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ।

किरण मा बि को ४६ औं बार्षिक उत्सब 

कार्यक्रम सन्चालक बिमला खनाल र कार्यक्रमको अध्यक्षता सोभाखर खनालको रहेको थियो।साथै प्रमुख अथिति बालकृष्ण आचार्यको रहेको थियो भने विशिष्ट अथिति रमेश पन्थि नेत्र प्रसाद् खनालको रहेको थियो। अथितिहरुमा विभिन्न पाटी संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक अभिभाबक समाजसेवी बुद्धि जिबि बिद्यार्थी हरु साथै पत्रकारहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिनिधि, शिक्षक अभिभाबक समाजसेवी बुद्धि जिबि बिद्यार्थीहरु

वार्षिको उत्सब कार्यक्रममा,बिद्यार्थि कलाकारले स्वागत गित गाएर सबैलाई स्वागत गरेका थिए,त्यस्तै स्वागत मन्तब्यद्वारा सबैलाई स्वागत शिक्षक रबि पोख्रेल ले  गर्नु भएको थियो।कार्यक्रमको बिचमा विभिन्न कक्षाका बिध्यार्थीहरुको नृत्य प्रदर्शन गर्दै बार्षिक उत्सबले रौनक छाएको थियो।

बिध्यार्थीहरुको नृत्य प्रदर्शन

विभिन्न पार्टिका बक्ताहरुले सुझाब सल्लाह दिदै स्कुललाई नमुना बनाउने सबैको दायित्व रहेको बताएका थिए।कार्यक्रममा बिध्यालयको बार्षिक प्रतिबेदन पेस गरिएको थियो,त्यस्तै  बिध्यालयलाई अक्षयकोष खडा गरेर बिध्यार्थिलाई थप टेवा पुग्ने र समाजमा पढन चाहने विद्यार्थिलाई सहयोग पुग्ने दाता भुतपुर्व प्रअ भोजराज रिजालले  बताए।

स्कुल सबैको साझा सम्पती हो सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न आग्रह गर्दै अभिभावक भेलामा अनिबार्य उपस्थिती भैदिनुहोला भन्दै बिद्यालयका भुपु प्रअ भोजराज रिजाल ले गुनासो गरेका थिए। हाम्रो बिध्यालयला मेरो कार्यकालमा थप ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउदै हाम्रो यस वाडमा एउटा मात्रा मावी छ यसलाई राम्रो बनाउने हाम्रो जिम्वेवारी रहेको कार्यक्रमका अतिथी यसै वाडका अध्यक्ष बिश्नु प्रसाद खनालले  बताएका थिए। 

किरण मा बि को ४६ औं बार्षिक उत्सब 

त्यस्तै हामीहरुले पढ्दा स्याउलाले छाएको यो स्कुल समय परिबर्तन संगै अहिले सबैले हेर्नेलाएक बनाउन सफल भएका छौ। शिक्षा जस्तो संबेदनसिल बिध्या मन्दिरमा राजनितिकरण नहोस हामी सबैले मिलेर नमुना बनाउने तिर लाग्नु पर्छ सबैको दाइत्यो रहेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोभाखर खनाल ले बताएका थिए। यो बिध्यालयलाई जिल्लाकै नमुना बनाउने जिम्मा हाम्रै रहेको खनालले  बताएका छन्। कार्यक्रमको संचालक बिमला खनाल ले गर्नु भएको थियो।

किरण मा बि को ४६ औं बार्षिक उत्सब 

श्री किरण मा बि खन अर्घाखाँची को ४६ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस को उपलक्ष्यमा उक्त बिद्यालय का पुर्व शिक्षक तथा जिबनोद्वार मा बि का शिक्षक डिलाराम पोख्रेलले अति नै गरिब तथा अशाह्य बालबालिकाका लागि शैक्षिक सामग्री तथा बिद्यालय ड्रेस प्रदान गर्नु भएको छ।

शिक्षक डिलाराम पोख्रेल
बिध्यार्थीहरु

प्रतिक्रिया दिनुहोस्