मालारानी प्रमुख भट्टराईद्वारा १४ वटा बिद्यालयलाई खेल सामाग्री हस्तान्तरण

| २०७९ फागुन १ गते २३: ०० मा प्रकाशित

पुजा कुँवर ,मालारानी। राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता छनाैट चरणकाे खेल संचालनकाे लागि मालारानी गाउँपालिकाकाे कार्यालय बाट राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट चरणकाे खेलमा सहभागी हुने पालिका भित्रका जम्मा १४ वटा माध्यमिक विद्यालयहरूलाई  सटपुट-२ थान, भलिबल-१ थान, नेट-१ थान, ज्यावलिङ थ्रो-२थान,  खेल शिक्षक पाेशाक-१ थान मालारानी गाउँपालिका अध्यक्ष श्री दल बहादुर भट्टराई बाट माध्यमिक तह बिद्यालय खेल शिक्षकहरूलाई खेल सामाग्री हस्तान्तरण गर्नुभएको छ । 

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता छनाैट चरण

सामाग्री हस्तान्तरण कार्यक्रममा खेल ब्यवस्थापन तथा निर्देशक समिति संयाेजक तथा गाउँपालिका अध्यक्ष श्री दलबहादुर भट्टराईले खेलकुदलाई ब्यवस्थित रूपमा संचाल गर्न सम्वद्व सबैलाइ अाग्रह गर्नुभयाे । खेलकुदकाे बिकास र बिस्तारमा गाउँपालिका प्रतिवद्व रहेकाे समेत बताउनु भयाे ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता छनाैट चरण

पालिका स्तरीय रनिङ्ग शिल्ड छनाैट चरणकाे खेल आदर्श मा.बि. खनदहकाे खेलमैदानमा फागुन ६,७ र ८ गते संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्